Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’, हिँडेरै विमान चढ्नुपर्ने बाध्यता अन्त्य

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’, हिँडेरै विमान चढ्नुपर्ने बाध्यता अन्त्य

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 699
    SHARES

    काठमाडौं । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।

    विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन् ।



    काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन ।



    विमानस्थलभित्रका ¥याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पु¥याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथु्रक्कै भिज्नुपर्ने बाध्यता थियो ।

    सम्बन्धित वायुसेवा कम्पनीलाई विमान अवतरण क्रममा र उडानका बेला हतारमा यात्रुलाई विमान चढाउन भ¥याङ दौडाएर लैजानुपर्ने झन्झटिलो समस्यासमेत अन्त्य भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार