काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा ट्वीटमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । सोही ट्वीटमै धन्यवाद फर्काउँदै प्रचण्डले यस्तो बताएका हुन् ।
‘न्यानो सन्देशका लागि मोदीजीलाई धन्यवाद। नेपाल र भारतबीच निकट सांस्कृतिक सम्बन्ध र स्वाभाविक समभाव राख्ने मुलुक हुन्। द्विपक्षीय मित्रता अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न प्रतिक्षरत छु’ उनले उल्लेख गरेका छन् ।
यसअघि मोदीले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन आफू सहकार्य गर्न तयार रहेको बताएका थिए । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको र थप बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफलाई पनि शुभकामनाका लागि धन्यवाद दिएका छन् ।
Leave a Reply