विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्।
माओवादी केन्द्र संसदीय दलको मंगलबार बसेको बैठकले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्म्बो दलका नेतामा चयन भएका हुन्।
संसदीय दलको आकांक्षी अर्का नेता दुर्गाप्रसाद चापागाईंले आङ्बोलाई समर्थन गरे। चापागाईंलाई माओवादी केन्द्रबाट सरकारको नेतृत्व दिने सहमतिपछि उनी दलको नेताको दौडबाट ब्याक भएका हुन्।
आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । आङ्बो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् ।
Leave a Reply