काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको हो।
उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने छ। बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।
नेकपा माओवादी केन्द्रसहितका दलसँग गठबन्धन गरेर चुनाव लडे पनि सरकार गठनका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेका छन् ।
कांग्रेसका कतिपय नेताहरुले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् । केन्द्रीय समितिमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
Leave a Reply