Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ब्लेकको बिस्फोटक ब्याटिङमा काडमाडौंले जनकपुरलाई दियो विशाल लक्ष्य

    ब्लेकको बिस्फोटक ब्याटिङमा काडमाडौंले जनकपुरलाई दियो विशाल लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 744
    SHARES

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई २ सय ९ रनको लक्ष्य दिएको छ ।

    टियु मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।



    काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।



    यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले लोकेस बम १५ रनमा आउट भए ।

    जनकपुरको बलिङमा पवन सर्राफले दुई विकेट लिए । सोेमपाल कामी, जितेन्द्र मुखिया, शरार्फुदिन असरर्फ र मोहमद आदिल आलमले समान १ विकेट लिए ।

    यसअघि दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको काठमाडौं दोस्रो खेलमा फार वेस्टर्न युनाइटेडसँग ४ विकेटले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार