एजेन्सी । जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ भने मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् ।
केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको हो ।
हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको छ ।
हिमपात अझै केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् ।
Leave a Reply