Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • स्ववियु चुनाव फागुन २८ मा गर्न विद्यार्थी संगठनहरू सहमत

    स्ववियु चुनाव फागुन २८ मा गर्न विद्यार्थी संगठनहरू सहमत

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 645
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालेको छ। त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो । स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए।



    त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सबै सङ्गठन स्ववियु निर्वाचनमा एकमत रहेकाले निर्वाचनको मिति तोक्न त्रिविलाई आग्रह गरिएको बताइन्।



    त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो। त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न भनेको थियो ।

    त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। ०६५ चैत ६ गतेपछि आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासन सहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार