काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको बताइएको छ ।
यस्तै बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय पनि गरेको छ ।
Leave a Reply