काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णय गरेका छन् ।
सोमबार सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रचण्डले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार उनले ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णय’मा हस्ताक्षर गरेका छन् ।
यस्तै मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताए ।
उनले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Leave a Reply