काठमाडौं । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै सेयर बजार सकारात्मक हुन पुगेको छ।
साताको सुरुवाती कारोबारका दिन सोमबार सेयर बजार परिसूचक ५७ अकंले उकालो लागेको छ । सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा कायम रहेको छ ।
आजको बजारमा कारोबार रकम पनि झण्डै दोब्बरले बढेको छ। साताको दोस्रो कारोबार दिन २ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।
Leave a Reply