Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डले भने – बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू

    प्रचण्डले भने – बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका हुन्।



    प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले बताए । प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।



    सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। उनले आज बेलुका ४ बजे शपथ लिने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार