Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डसँगै तीन उपप्रधामन्त्रीले शपथ लिने

    प्रचण्डसँगै तीन उपप्रधामन्त्रीले शपथ लिने

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 723
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।

    नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो । उनले पहिलो चरणमा केहि मन्त्रीले शपथ लिने र क्रमश:अन्य मन्त्रीले पनि शपथ लिने जनाईएको छ ।



    नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे प्रधानमन्त्री प्रचण्डसहित केहि मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रचण्डले समर्थन गरेपनि सरकारमा सहभागी नहुने बताएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले रेमश चौधरीको रिहाइ नभएसम्म प्रचण्डलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ।

    एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ । भने, रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार