Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • गगन थापा भन्छन् – सरकार निर्माणबारे सभापतिले सल्लाह नगर्दा अपमानित भएँ

    गगन थापा भन्छन् – सरकार निर्माणबारे सभापतिले सल्लाह नगर्दा अपमानित भएँ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 651
    SHARES

    पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् ।

    लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन टुटेकोमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाए ।



    थापाले भने, ‘मैले समचार के पढेँ,सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा निर्णय गर्छु भन्नुभएछ ।  त्यो पार्टीभित्र त म पनि अनिवार्य पर्छु । मलाई लागेको थियो मैले बेलुकाको यो कार्यक्रमको सत्र चाहिँ छुट्छ होला ।



    बेलुकाको त्यो बैठकमा म हुनुपर्छ । त्यसैले यहाँ छुट्छ होला जस्तो लागेको थियो । पार्टी कार्यालयमा होइन निवासमा भइरहेको छलफल । उहाँको घरमा नबोलाई जाने कुरा पनि भएन ।’

    गठबन्धनको बैठकमा आफूलाई खबर आउँछ भनेर पोखरा जानुपर्ने प्लेनको टिकट सारेर २ बजेसम्म कुरेको उनले बताए । उनले पार्टीका कार्यकर्तालाई हिजोबाट एउटा हारजितको प्रकरण सकिएको बताए । कांग्रेस फेरि उठ्ने र उठाउन आफू सक्रिय भएर लाग्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार