Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिगमा फार वेस्ट युनाइटेडको पहिलो जित

    नेपाल टी-२० लिगमा फार वेस्ट युनाइटेडको पहिलो जित

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 702
    SHARES

    काठमाडौं । कप्तान हशमतुल्लाह शाहिदीको अलराउन्ड प्रदर्शनमा फार वेस्ट युनाइटेडले नेपाल टि २० लिगमा काठमाडौं नाइट्सलाई चार विकेटले हराएको छ ।

    फार वेस्टले पहिलो जित हात पार्दा काठमाडौंको पहिलो हार हो ।



    युनाइटेड पहिलो खेलमा लुम्बिनी अल स्टार्सविरुद्ध ६७ रनले पराजित भएको थियो ।आफ्नो दोस्रो खेलमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।



    काठमाडौंका लागि अनिल खरेलले १० ओभरमा एक मेडनसहित १० रन दिएर सर्वाधिक दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो ।

    यो जितसँगै युनाइटेड दुई खेलबाट दुई अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको काठमाडौं दुई अंकका साथ तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो ।

    यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार