Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

    मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 801
    SHARES

    फाइल फोटो

    काठमाडौं । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    मनकामना दर्शन प्रा.लिका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।



    मर्मतका लागि केबलकारको निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरका प्राविधिक आउनुपर्ने भएकाले सेवा अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।



    अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ । ”यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ,” कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार