Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • आधा घट्यो इन्धन आयात

    आधा घट्यो इन्धन आयात

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 693
    SHARES

    फाइल फोटो

    काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा इन्धन आयात ११ प्रतिशतले घटेको छ ।

    भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।



    अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ ।



    निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उनले बताए ।

    भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार