काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । सरकार निर्माणमा सभापति देउवा असफल भएपछि नेता घिमिरेले राजीनामा माग गरेका हुन् ।
उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् ।
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022
देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै उनको चर्को आलोचना भएको छ । यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको आरोप लगाएका छन् ।
Leave a Reply