Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुट्यो : अर्जुननरसिंह केसी

    देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुट्यो : अर्जुननरसिंह केसी

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 828
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन टुटेपछि कांग्रेसकै नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न थालेका छन् । देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै असन्तुष्ट बनेका हुन् ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीले देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नै पार्टी म नै राज्य हुँ भन्ने अहंकार, स्व–केन्द्रित निर्णय, चरम सत्ता–लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै, ५ दलीय गठबन्धन टुटेको छ । लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरी साध्य र शक्ति हो । सत्ता त साधन मात्र हो । यही मूलमन्त्र हो हाम्रो आगामी दिनको ।’



    सत्तारुढ पाँच दलीय गठबन्धन सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेपछि टुटेको छ । आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ४४औँ प्रधानमन्त्री बनेका छन् ।



    आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार