Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रधानमन्त्री बन्न प्रतिगामीसँग मिलेर प्रचण्डले जनतालाई धोका दिए : मोहनविक्रम सिंह

    प्रधानमन्त्री बन्न प्रतिगामीसँग मिलेर प्रचण्डले जनतालाई धोका दिए : मोहनविक्रम सिंह

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 768
    SHARES

    काठमाडौं । नेकपा (मसाल) ले एमालेसँग साँठगाँठ गरी प्रधानमन्त्री बनेर पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धोका दिएको बताएको छ ।

    पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै ‘प्रतिगामी भूमिकामा रहेको एमाले’लगायतसितको साँठगाँठमा प्रचण्ड प्रधानमन्त्री बन्नु जनतासितको धोका भएको जिकिर गरेका हुन् ।



    गत निर्वाचनमा प्रतिगमनविरुद्ध चुनावी तालमेल गरी फेरि एमालेसित नै प्रधानमन्त्रीका लागि साँठगाँठ गर्नुलाई प्रचण्डको सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।



    महामन्त्री मोहनविक्रमले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार