Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • देउवाका ‘साथीहरु’ ले नमान्दा कांग्रेसले गुमायो प्रधानमन्त्री र राष्ट्रपति पद

    देउवाका ‘साथीहरु’ ले नमान्दा कांग्रेसले गुमायो प्रधानमन्त्री र राष्ट्रपति पद

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफै राख्ने अडान गरेका कारण सत्ता गठबन्धन टुटेको छ ।

    नयाँ निर्वाचनपछि प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबन्दा झण्डै २ वर्षअघि बनेको गठबन्धन टुटेको हो ।



    बालुवाटारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले साथीहरले मानेन् भन्ने जवाफ दिएपछि जुरुक्क उठेर बालकोट हानिएका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् ।



    यदी बालुवाटारमा सहमति जुटेको भए कांग्रेसले राष्ट्रपति र आधा कार्यकाल प्रधानमन्त्री पाउने निश्चित  थियो । ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ ।

    नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ । प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो ।

    आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ । एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् । संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ ।

    यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार