Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बालकोटमा ओली, प्रचण्ड, लामिछाने र राईबीच संयुक्त छलफल सुरु

    बालकोटमा ओली, प्रचण्ड, लामिछाने र राईबीच संयुक्त छलफल सुरु

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरुबीच छलफल सुरु भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईबीच छलफल सुरु भएको हो ।



    नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड बालकोट पुगेका हुन्।



    छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् ।

    सरकार गठनको लागि आइतबार साँझ समय सकिन लाग्दा निर्णायक बैठक सुरु भएको हो।

    सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिट हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार