Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेस वरिष्ठ नेता पौडेलले भने – सत्ता गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन

    कांग्रेस वरिष्ठ नेता पौडेलले भने – सत्ता गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 750
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सहमति हुन नसकेपछि पौडेलले यस्तो बताएका हुन् ।

    पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको बताए ।



    पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो ।



    पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकि रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार