Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट प्रचण्ड बाहिरिए

    सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट प्रचण्ड बाहिरिए

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक स्थलबाट बाहिरिएका छन् ।

    पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिएका हुन् ।



    शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ । सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।



    पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए । सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ ।

    नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार