Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टिनमै विहे गरे कृष्ण र सीताले

    क्वारेन्टिनमै विहे गरे कृष्ण र सीताले

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण क्वारेन्टिनमा बसिरहएका कृष्ण वली र सीता चौधरीले विवाह गरेका छन् ।

    दाङको घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टिनमा रहेका उनीहरुले विवाह गरेका कुन् ।



    वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर उनीहरुको विवाह गराइदिएका हुन् ।



    क्वारेन्टाइनमा बसेको २२ दिन पछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकै दिन कृष्ण र सीताको विवाह भएको हो।

    घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका–५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति विवाह भएको हो ।

    भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए ।

    तर अहिले भने घरपरिवारकै स्वीकृतीपछि विवाह गराइएको वडाध्यक्ष अर्यालले जानकारी गराएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार