Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रचण्डलाई फकाउन विमलेन्द्र पुगे खुमलटार, एमालेसँग सहकार्य गर्ने चेतावनी

    प्रचण्डलाई फकाउन विमलेन्द्र पुगे खुमलटार, एमालेसँग सहकार्य गर्ने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 777
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एकाबिहानै खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन उनी खुमलटार पुगेका हुन् । उनी सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेको बताइएको छ ।

    भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । भेटमा निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन् ।



    उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन् । साथै उनले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्ने चेतावनी दिएको बताइएको छ ।



    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन् । तर गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन ।

    यसअघि गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका थिए । शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्रीमा सहमति जुटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार