काठमाडौं । उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ ।
काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो ।
पुस महिना लागेसँगै काठमाडौंसहित देशभर चिसो बढेको छ । हाल नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
Leave a Reply