Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिग : लुम्बिनीको विजयी सुरुवात, फार वेस्ट पराजित

    नेपाल टी–२० लिग : लुम्बिनीको विजयी सुरुवात, फार वेस्ट पराजित

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 780
    SHARES

    काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो ।

    लुम्बिनीले दिएको एक सय ५३ रनको विजय लक्ष्य पछ्याएको फार वेस्टले १६.२ ओभरमा सबै विकेटको क्षतमा ८५ रनमा समेटिएको थियो ।



    फार वेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।



    बलिङमा लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले तीन, सागर ढकालले दुई तथा प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक एक विकेट लिनुभयो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतमा एक सय ५२ रन बनाएको थियो । लुम्बिनीका लागि मिलान्थाले सर्वाधिक ६० रन बनाउनुभयो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ र गुलसन झाले २५ रन बनाए ।

    बलिङमा फार वेस्टका उमर अलि र करन केसीले तीनरतीन विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार