जाजरकोट । जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई कालोमोसो दलेको छ ।
जिल्लाको कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक र बहादुर शाहीलाई शनिबार कालोमोसो दलेको हो ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको उनीमाथि आरोप छ ।
यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ ।
Leave a Reply