Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग

    उदघाटन खेलमा काठमाडौं नाइट्सविरुद्ध पोखरा एभेन्जर्स बलिङ गर्दै

    उदघाटन खेलमा काठमाडौं नाइट्सविरुद्ध पोखरा एभेन्जर्स बलिङ गर्दै

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ । पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ ।

    यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् । प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ ।प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् ।



    उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए । प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशस् १० र ५ लाख रुपैयाँ पाउनेछन् ।



    प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले उक लाख ८० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार