काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
बिहीवार भएको प्रतिनिधिसभा सदस्यको शपथमा सहभागी हुन नसकेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र महेन्द्र राय यादवले शुक्रवार शपथ लिएका हुन् ।
सांसदद्वयलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका छन् । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए ।
तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित थिए ।
Leave a Reply