Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘खान अयोग्य’ चिनीलाई कसरी बनाइयाे ‘योग्य’? छानबिनकाे तयारी

    ‘खान अयोग्य’ चिनीलाई कसरी बनाइयाे ‘योग्य’? छानबिनकाे तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले ‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाइएको विषयमा छानबिन गर्ने भएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त चिनी प्रकरणमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा सहसचिव डा नारायणप्रसाद रेग्मी संयोजक छन् । प्रशासन विभाग प्रमुख र पशु सेवा विभागका महानिर्देशक सदस्य रहने मन्त्रालयले जनाएको छ।



    संयोजक रेग्मीका अनुसार अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारलाई आधार बनाएर छानबिन समिति गठन गरिएको हो । ‘केही दिनअघि अन्नपूर्ण पोस्ट्मा चिनीका विषयमा समाचार प्रकाशन भएको थियो’, उनले भने, ‘मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएर छानबिन गर्न समिति गठन गरिएको हो ।’ अन्नपूर्ण पोस्ट्ले गत सोमबार ‘खान नमिल्ने ७२ हजार केजी चिनीलाई खान मिल्ने बनाइयो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।



    उनका अनुसार छानबिन गरेर केही दिनभित्र मन्त्रालयलाई प्रतिवेदन उपलब्ध गराइनेछ । आर्थिक चलखेलका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याद नाघेको’ र ‘आयात गर्न नमिल्ने’ चिनीलाई ‘योग्य’ भनेर प्रमाणित गरेको थियो । आजको अन्नपूर्ण पोस्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार