Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति खारेज

    हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति खारेज

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा खारेज गरेको छ ।

    बिहीबार बसेको प्राधिकरणको बोर्ड बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णय खारेज गरेको हो ।



    हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिँदा नेपाल वायुसेवा निगमको आम्दानी २० प्रतिशत गुम्ने भएकाले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।



    निगमले हाल सेल्फ र कमर्सियल ग्राउन्ड ह्यान्डलिङ गर्दै आइरहेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अनुमति पाएको एक वर्षभित्र एयरलाइन्सले ग्राउन्ड इक्युप्मेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्ने भए पनि सो सर्त पूरा नगरेकाले अनुमतिपत्र स्थगित गरिएको हो ।

    यसअघि प्राधिकरणले २०७७ असोज ४ मा हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ह्यान्डलिङको अनुमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार