Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सीके राउतविरुद्ध सप्तरीमा नाराबाजीसहित प्रदर्शन, शपथ बदरको माग

    सीके राउतविरुद्ध सप्तरीमा नाराबाजीसहित प्रदर्शन, शपथ बदरको माग

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 1.2K
    SHARES

    सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।

    राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान र मैथिली साहित्य परिषद्ले सप्तरीको राजविराजमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।



    मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।

    राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार