Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गढिमाई मेला हेर्न आएकी किशोरीमाथि ‘ग्याङ रेप’मा संलग्न गुप्ता पक्राउ, यस्तो थियो घटना

    गढिमाई मेला हेर्न आएकी किशोरीमाथि ‘ग्याङ रेप’मा संलग्न गुप्ता पक्राउ, यस्तो थियो घटना

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 2.4K
    SHARES

    बारा ।  जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सामुहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई  पक्राउ गरेको छ ।

    प्रहरीले कलैया उप महानगरपालिका वडा नं.१ बस्ने रामजी साहको छोरा वर्ष २८ को विकास कुमार साह गुप्तालाई पक्राउ गरेको हो ।



    गत २०७१ मंसिरमा  पंचवर्षिय गढिमाई मेला हेर्न आएकी बर्ष १६ की पीडित  किशोरीलाई गुप्तासमेत ७ जना मिलेर बरीयारपुर वडा नं.२ स्थित  गम्हिरा साहको फुसको छाप्रोमा लगि ललाई फकाई सामुहिक करणी (ग्याङ रेप) गरेका थिए ।



    प्रहरीले जबरजस्ती करणी मुद्दामा घटनामा संलग्न गुप्ता समेत सातै जना प्रतिवादीहरूलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेकालाई अनुसन्धानको सम्पुर्ण कार्य पुरा गरी बारा जिल्ला दालतमा पेश गरेकोमा जिल्ला अदालको २०७१ पुस १८ गतेको आदेशले निजहरूलाई पुर्पक्षको लागि बीरगंज कारागार पठाईको थियो ।

    तर,  बारा जिल्ला अदालतको २०७२ बैशाख ३१ गतेको फैसलाले निज प्रतिवादीहरूले सफाई पाएका थिए ।

    त्यसपछि पुनरावेदन अदालत हेटौंडाको मिति २०७३ जेठ १० गतेको फैसला आदेशले  सातै जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाए पश्चात उनीहरु फरार भएका थिए ।

    पुनरावेदन अदालतले अभियुक्तहरु मध्ये  गुप्तालाई ९ वर्ष ६ महिना १५ दिन कैद ठहर गरेको थियो ।  गुप्तालाई फैसला कार्यान्वयनको सिलसिलामा गत जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको थियो ।

    पक्राउ परेका साहको पिसिआर रिपोर्ट सहित सोमवार बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगन्ज पठाईएको बारा प्रहरीले जनाएको  छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार