काठमाडौं । संघीय संसद्का नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन् । संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् ।
यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेका हुन् ।
सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।
सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन पुग्न थालेका छन् । नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
Leave a Reply