काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ ।
आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई दुई हजार जरिबाना गरिने विभागले जनाएको छ ।
सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ ।
इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने विभागको दाबी छ ।
Leave a Reply