Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • शपथपछि संसद राणाले भने – सभामुख चयन नहुञ्जेल निष्पक्ष भएर काम गर्छु

    शपथपछि संसद राणाले भने – सभामुख चयन नहुञ्जेल निष्पक्ष भएर काम गर्छु

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुख निर्वाचित नहोउन्जेल निष्पक्ष भूमिकामा काम गर्ने बताएका छन् ।

    बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएर संघीय संसद सचिवालय सिंहदरबार पुगेका राणाले सो कुरा बताएका हुन् । उनले भोलि दिउँसो १ बजे प्रतिनिधि सभाका बैठकको अध्यक्षता गर्दै २७५ सदस्यलाई शपथ खुवाउँदैछन् । रा



    णाले शपथग्रहण कार्यक्रम अघि मध्यान्ह १२ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद भवनको ल्होत्से हलमा बैठक गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।



    सभामुख निर्वाचित हुनुअघि सदनको जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था अनुसार राणाले बैठकको अध्यक्षता गर्न लागेका हुन् । संसदहरूले सपथ लिएको १ महिनाभित्र दलहरूले सभामुख निर्वाचित गर्नुपर्ने छ ।

    भोलि हुने सपथ ग्रहणका लागि संघीय संसद सचिवालयले संसद भवनको रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तयारी पूरा गरिसकेको छ । सपथका लागि नव निर्वाचित सबै सांसदहरूलाई पत्राचार गरिसकेको संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार