Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त

    स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 747
    SHARES

    काठमाडौं । बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

    अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।



    ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



    उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको एक स्थानीयले जानकारी दिए । दुर्घटनामा अटोमा सवार मृतक बालककी आमासमेत घाइते भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार