Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • झारफुकका नाममा बिरामीलाई तातो तेल खन्याउने ४ जना पक्राउ

    झारफुकका नाममा बिरामीलाई तातो तेल खन्याउने ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 840
    SHARES

    काठमाडौं । झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् ।



    सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर पन्युले डाम्दा भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’ घाइते भएकी छिन् । पुस ४ मा प्रहरीले सचिता मगरलाई पक्राउ गरेको थियो ।



    सो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ छन् ।

    चार जना आरोपीहरु झारफुक गर्ने महिलाका सहयोगी हुन् । मनमैजु बस्ने सविता राईलाई काम्ने र बर्बराउने समस्या देखिएपछि उपचार गराउन चिनजानका मान्छे मार्फत सचिता मगरकहाँ गएकी थिइन् ।

    अर्घाखाँची घर भएकी सचिता र उनका सहयोगीले रोग निको पार्ने नाममा तातो तेल शरीरमा खन्याएर पन्युले डामेको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

    आरोपीहरु विरुद्ध कुटपिट वा अंगभंग सम्बन्धी कसुरमा अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार