Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रदेश न. १ मा ४० अर्ब ८९ करोडको बजेट

    प्रदेश न. १ मा ४० अर्ब ८९ करोडको बजेट

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.2K
    SHARES

    बिराटनगर । प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेका छन् । जसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ अर्थात ४६.२९ प्रतिशत, पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४ करोड बिनियोजन गरिएको छ ।

    यस्तै अन्तरसरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिकबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख छ ।



    चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने अनुमान छ । यसबाट अपुग भएको रकम न्यून वित्त ५ अर्ब नेपाल सरकारसाग ऋण लिई पूर्ति गरिनेछ ।
    जनताको आय अभिबृद्धि गर्न प्राविधिक र सिपमूलक शिक्षामा जोड दिइने प्रदेश बजेटको उद्देश्य रहेको बजेट भाषणका क्रममा मन्त्री आङ्बोले प्रष्ट पारेका छन् । कोरोनाको माहामारी र सबै प्रकारका रोगबाट जनताको जीवनरक्षा गर्ने नीति बजेटले लिएको छ ।



    स्थानीय तहलाई राजस्व बाँडफाँटबाट ८२ करोड ७९ लाख ५० हजार उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले १ अर्ब समानिकरण अनुदान उपलब्ध गराइएको छ । आयोजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहलाई १ करोड रुपैयाँ पर्ने गरी १ अर्ब ४० करोड ७० समपूरक अनुदानको व्यवस्था गरेको छ ।

    कोभिड १९ का लागि बनाइएको कोशी अस्पताललाई सरुवा रोग तथा अनुसन्धान अस्पताल बनाइने भएको छ । त्यसका लागि ५० करोड विनियोजन भएको छ । २५ शैयासम्मको अस्पताललाई स्मार्ट अस्पतालमा रुपान्तरणका लागि १ अर्ब १० करोड विनियोजन भएको छ । प्रदेशभर डिजिटल हेल्थ बनाइने बजेटमा उल्लेख छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार