धनगढी। कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । स्थानीय बासिन्दाले अबरोध हटाउन गएका प्रहरीहरुमाथि सोत ढुंगामुढा प्रहार गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको थियो भने मृत बालककी आमा घाईते भएकी थिईन ।
दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन्।
मृतकका आफन्तहरुले दोषी चालकमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति माग गर्दै बिहानै देखि पूर्व पश्चिम राजमार्गको हरैया सडक खण्ड अबरुद्ध गरेका छन् ।
प्रहरीले आन्दोलनकारीहरुलाई हटाउन एक दर्जन बढि राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सोही क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
यस्तै जिल्लाको गोदावरी नगरपालिकाको स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका छन् ।
Leave a Reply