Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कांग्रेस संसदीय दलको चुनाव : मतदान सकियो, आजै परिणाम

    कांग्रेस संसदीय दलको चुनाव : मतदान सकियो, आजै परिणाम

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 804
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनाव सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको हो ।

    कांग्रेसका एक सांसद सुत्केरी भएकाले उनको मतपत्र शिलबन्दी गरेर ल्याइएको छ । सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराएका थिए ।



    संसदीय दलको नेता छान्न कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदले आज मतदान गरेका छन् । ती मध्ये ८७ मतदान केन्द्रमै पुगेर मतदान गरिसकेका हुन् । भने एकजना सांसदले अस्पतालबाटै मतदान गरिन् । उनी राई संस्थापन पक्षबाट सांसद भएकी हुन् ।



    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार