Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • गगनमाथि संस्थापन पक्षले ‘विशेष ब्यूरो’का प्रहरी परिचालन गरेर निगरानी गराएको आरोप

    गगनमाथि संस्थापन पक्षले ‘विशेष ब्यूरो’का प्रहरी परिचालन गरेर निगरानी गराएको आरोप

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 834
    SHARES

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गराइएको आरोप लागेको छ । संस्थापन पक्षले संसदीय दलका उम्मेदवार थापाका गतिविधि नियाल्नका लागि सभापति शेरबहादुर देउवाले प्रहरी लगाएर निगरानी गर्न लगाएको आरोप संस्थापन इतर पक्षले लगाएको हो ।

    लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको बताइएको छ । महामन्त्री थापाका सहयोगी सविनराज मुडभरीले आफ्नै पार्टीका महामन्त्रीसँग त्रसित भएर थापाका पछाडि प्रहरी परिचालन गरेको आरोप लगाएका छन्। उनले केही प्रहरीको जानकारीसमेत सामाजिक सञ्जालमा पोस्ट गर्दै महामन्त्रीमाथि सभापतिले षड्यन्त्र र अपराध गरेको बताए ।



    निगरानीका लागि प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी खटिएको बताइएको छ । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए ।



    मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

    उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार छन् ।

    आज बिहान कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । निर्वाचन समितिले ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार