Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सिकार खेल्न निकुञ्ज छिरेका पाँचजना हतियार र मृत जरायोसहित पक्राउ

    सिकार खेल्न निकुञ्ज छिरेका पाँचजना हतियार र मृत जरायोसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 831
    SHARES

    पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जना हतियारसहित पक्राउ परेका छन् । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलमा वन्यजन्तुको शिकार गर्न पुगेका उनीहरुलाई वन संरक्षण टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ रहेका छन् ।



    उनीहरुको साथबाट मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ बरामद गरिएको छ ।



    पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काका अनुसार सिकार खेल्न प्रयोग गरिएको हतियार, गाडी, मोबाइल, टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, अनि टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो साथमा भेटिएको र उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार