Online Nepal
  • बुधबार, २ माघ २०८१
  • अध्यक्ष ओली भन्छन्- एमाले सरकारमा जाने पक्षमा छैन

    अध्यक्ष ओली भन्छन्- एमाले सरकारमा जाने पक्षमा छैन

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 564
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

    मंगलवार पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय एवं जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।



    ‘एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै छैन,’ ओलीले भने, ‘देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको हो ।’

    उनले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको दाबी गरे

    अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार