Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • डोटीमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु

    डोटीमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.2K
    SHARES

    सांकेतिक तस्बिर

    डोटी । डोटीको बडीकेदार गाउँपालिका-३, सुनालेकमा मिनिट्रक दुर्घटना भएकाे छ। दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

    गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्‍याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।



    दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक लालबहादुर बोहरा नेतृत्वको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।



    घटनाको कारण खुल्न सकेको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार