Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चुनावअघि भने जस्तो एमाले खोज्न टर्च बाल्नु पर्दैन : ओली

    चुनावअघि भने जस्तो एमाले खोज्न टर्च बाल्नु पर्दैन : ओली

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 660
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी र बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

    एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताएका हुन् ।



    उनले सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।

    उनले भने, ‘घेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं । राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो ।’

    यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे । उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए ।

    उनले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए । केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार