Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शेखर समूहको बैठकमा विश्वप्रकाश पनि पुगे

    शेखर समूहको बैठकमा विश्वप्रकाश पनि पुगे

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 750
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा गगन थापालाई समर्थन गर्ने भएका छन्।

    हनुमानस्थानस्थित होटेल बसेरामा भएको थापा र कोइराला पक्षका सांसदहरूको बैठकमा महामन्त्री शर्मा पनि पुगेका हुन्। शर्मालाई नेता अर्जुननरसिंह केसीले स्वागत गरेका थिए।



    कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने निर्णय गरेकाे छ।



    नेता कोइरालालाई पन्ध्रौँ महाधिवेशनमा सहयोग गर्ने गरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार