एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाको बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ ।
अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न ४ वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हो ।
गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए ।
यस घटनाको १८ महिनापछि संसदिय समितीको बैठकले ट्रम्पमाथि ४ वटा आरोप लगाएको छ । जसमा राज्यविरुद्धको बिद्रोहलाई उक्साउने, सहयोग गर्ने वा सान्त्वना दिने र आधिकारिक कार्यमा अवरोध गर्ने रहेका छन् ।
Leave a Reply