Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान

    बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 690
    SHARES

    मकवानपुर । वाग्मती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको मिति र समय निर्धारण गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

    सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।



    बैठक पुस ८ गते बिहानको ११ बजेका लागि बोलाइएको छ । यसैगरी वाग्मती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य छन् ।



    उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवार भई नुवाकोटबाट विजयी भएका हुन् ।

    वाग्मती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथ ग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव खड्काले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार